कामना सेवा बैंकद्वारा Digital AI Assistant 'KS Mitra' सेवा सुरु
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले A.I. मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली KS Mitra सार्वजनिक गरेको छ । ग्राहकले बैंकको आधिकारिक website https://www.kamanasewabank.com मा उपलब्ध Ask KS-Mitra आइकन मार्फत, email [email protected] मार्फत तथा सिधै WhatsApp नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासोे सम्बन्धी जिज्ञाशा राख्न सक्नेछन् ।
KS Mitra मार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । KS Mitra मार्फत ग्राहकहरूले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्नेछन् । ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, CRN, DEMAT, KYC लगायतका जानकारी पनि लिन सक्नेछन् । त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा एक्ष्ल् परिवर्तन गर्ने, मोबाईल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि लिन सक्नेछन् । यदि ग्राहकले KS Mitra मार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ । यसबाट ग्राहकका जिज्ञाशा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ ।
Digital A.I. Assistant “KS Mitra” सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयास अन्तर्गत 'KS Mitra' सञ्चालनमा ल्याइएको हो । यस सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने यो पहल बैंकको'Future Ready’ अवधारणा अनुरूप अघि बढाइएको हो । यसका साथै, बैंकले ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै विशिष्ट बचत खाता मार्फत उपलब्ध गराइने Doorstep Banking सेवालाई डिजिटल नवप्रवर्तन सँग जोड्ने अवधारणालाई समेत प्राथमिकता दिएको छ ।
Shares