आजसम्म सेयरधनीले मात्र ङादी ग्रुपको हकप्रदमा आवेदन दिन पाउने
प्रकाशित:
१७ मंसिर २०८१
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि भोलि (मंसिर १८) बुक क्लोज गर्दैछ । यसर्थ आज सोमबारसम्म कम्पनीको साधारण शेयर खरिद गर्ने लगानीकर्ताले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् ।
यस कम्पनीले लगानीकर्तालाई १ कित्ता साधारण सेयर बराबर थप १ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गर्दैछ । यसबाट कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ संकलन गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares