नेपाल इन्जिनियरिंङ भू-विज्ञान समाजको सातौँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन

अर्थकागज
प्रकाशित: २५ असोज २०८२
Image description

काठमाडौं । नेपाल इन्जिनियरिंङ भू–विज्ञान समाजको सातौँ वार्षिक साधारण सभा आज अर्थात असोज २६ गते सम्पन्न भएको छ । सभाबाट प्रा. डा. कुमुद राज काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको भएको छ । जसमा उपाध्यक्षमा डा. कञ्चन चौलागाई, सचिवमा उज्ज्वल कृष्ण रघुवंशी, संयुक्त सचिवमा सञ्जीव रेग्मी र कोषाध्यक्षमा प्रविण उपाध्यायन कँडेल निर्बिरोध निर्वाचित भएका छन् । त्यसै गरी समितिको सदस्यमा ध्रुव तिवारी र अनिल कुमार चौधरी निर्बिरोध निर्वाचित भएका छन् । संस्थाको तत्कालीन अध्यक्षमा डा. रञ्जन कुमार दाहाल रहेका छन् ।

सभाले यो समिति आगामी कार्यकालका लागि निर्बिरोध निर्वाचित गरिएको हो । सङ्घको विधानअनुसार कार्यसमितिलाई पूर्ण बनाउन थप तीन जना सदस्य पछि मनोनयन गरिनेछ ।

नव निर्वाचित समिति नेपाल र विदेशमा उच्च शिक्षा, अनुसन्धान, तथा सहकार्यमा महत्वपूर्ण योगदान दिएका विद्वान तथा प्रतिष्ठितहरूको यस सञ्जालको नेतृत्व गर्न पाउँदा सम्मानित र गर्वित महसुस संस्थाले गरेको छ । यो नयाँ कार्यसमितिले नेपालको इन्जिनियरिंङ भू–विज्ञानको विकास गराउन महत्वपूर्ण भूमिका खेल्नेमा संस्थाले विश्वास गरेको छ ।

नेपाल इन्जिनियरिंङ भू-विज्ञान समाज (NSEG) इन्टरनेशनल एशोसिएसन फर इन्जिनियरिङ्ग जियोलोजी एण्ड द एनभाइरोन्मेन्ट (IAEG) को नेपाल राष्ट्रिय समूह हो |

सन् २०१८ मा स्थापना भएको नेपाल सोसाइटी अफ इन्जिनियरिङ्ग जियोलोजी (NSEG) को मुख्य उद्देश्य नेपालमा इन्जिनियरिङ्ग जियोलोजीको अभ्यास र अनुप्रयोगलाई प्रवद्र्धन गर्ने, अनुसन्धान र सहकार्यलाई प्रोत्साहित गर्ने, र पूर्वाधार विकास तथा विपद् जोखिम न्यूनीकरणमा भूवैज्ञानिक ज्ञानको उपयोग सुनिश्चित गर्ने हो ।

हाल NSEG ले IAEG को १५औँ एशियाली क्षेत्रीय सम्मेलन (ARC-15) को आयोजना गर्न गरिरहेको छ, जुन २०८२ मङ्सिर ११ देखि १३ गतेसम्म (नोभेम्बर २७–२९, २०२५) काठमाडौंमा हुनेछ । यो सम्मेलन एशिया र विश्वभरका इन्जिनियरिङ्ग जियोलोजिस्ट तथा भू–प्राविधिक विज्ञहरूका लागि वैज्ञानिक आदान–प्रदान र पेशागत नेटवर्किङको महत्वपूर्ण मञ्च हुनेछ।

सम्मेलनअघिका कार्यशाला तथा तालिम कार्यक्रमहरू पनि घोषणा गरिएको छ, जसले इन्जिनियरिङ्ग भू–वैज्ञानिक, भू–प्राविधिक इन्जिनियर तथा विपद् जोखिम व्यवस्थापन विज्ञहरूका लागि सीप अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ।

नयाँ नेतृत्व र बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यसँगै, ल्क्भ्न् ले नेपाल र हिमालय क्षेत्रमा सुरक्षित, दिगो र विपद्–प्रतिरोधी पूर्वाधार विकासका लागि इन्जिनियरिङ्ग भू–विज्ञानको प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर