नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: १० फागुन २०८१
Image description

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा नेपाली नेपालीलाई पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले बिक्री गर्न अनुमति पाएको थियो ।

सोमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको थियो भने ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

प्रतिक्रियाहरू

Hemanta BaralBhaktapur

1 year ago

Good

Laxman Damai

1 year ago

नमस्ते सर/ मेडम वैदेशिक रोजगारी मा भएको हरु ले कोटा बाट शेयर भर्दा नपरे पछि फेरि सर्ब साधारण को लागि खुला गरेको बेला शेयरमा आवेदन दिन मिल्छ कि नाई ?

सम्बन्धित खबर