सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज असोज १६ गते बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज १८ गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले अज असोज १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लाभांश तथा हकप्रदको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ५ गते साधारणसभा आह्वान गरेको छ । सभा, होटल इम्पेरियल, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न संचित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी विशेष प्रस्ताव पारित गर्नेछ । सभाले लाभांश, हकप्रद निष्काशनको प्रस्तावसहित पुँजी बृद्धिको प्रस्ताव समेत पारित गर्नेछ
Shares