सान्भी इनर्जीको आईपीओ बाँडफाँड

अर्थकागज
प्रकाशित: २६ जेठ २०८२
Image description

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २० लाख ४३ हजार २ सय ४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८ सय २० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये २० लाख ३० हजार १ सय ५७ जनाको आवेदन मात्र योग्य भएका छन्।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस अनुसार गोलाप्रथाबाट २ लाख ४१ हजार ५ सय ३० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन्। आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ। कम्पनीले सर्वसाधारणको लागि २४ लाख १५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको थियो। 

कम्पनीले जेठ ९ गतेदेखि जेठ १३ गते सर्वसाधारणको लागि आईपीओ निश्कासन गरको थियो ।


प्रतिक्रियाहरू

Debendra Prasad upadhyay

10 months ago

खासमा ipo कसरी पढ्छ होला

सम्बन्धित खबर