दोर्दी खोला जलविद्युत कम्पनीको विशेष साधारणसभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: ०८ असार २०८३
Image description

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको विशेष साधारणसभा आज हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा सम्पन्न भएको छ । सभाबाट कम्पनीको चुक्ता पुँजीको १ः०.२८८४७४७४ को अनुपातमा हुन आउने ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरको ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

त्यसै गरी सभाबाट हकप्रद सेयर निष्काशनको सम्बन्धमा नियमनकारी निकायको निर्देशन र सुझाव अनुसारको कुनै कार्यहरु (प्रबन्धपत्र तथा नियमावलीको हेरफेर, परिमार्जन, संशोधन, समायेजन वा थपघट समेत) गर्नु परेमा वा हकप्रद सेयर निष्काशनका क्रममा कुनै वाधा अड्चना परेमा सो फुकाउनका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले हकप्रद सेयर निष्काशन प्रस्तावको स्वागत समेत गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर