सानिमा बैंकको १४.७० प्रतिशत लाभांश आज पारित हुँदै

अर्थकागज
प्रकाशित: ०१ कात्तिक २०८०
Image description

काठमाडौँ । सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको १९औँ वार्षिक साधारण सभा आज कार्तिक २ गते, बिहीबार कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाले बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । त्यसैले, असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।

प्रतिक्रियाहरू

अमिर रत्न मानन्धर

2 years ago

दशैं अघि दशैं खर्च आउँछ कि नाईं?

सम्बन्धित खबर