मैले भन्दैमा ब्याजदर घट्दैन, अर्थतन्त्रलाई लयमा फर्काउन र्याडिकल रिफर्म जरुरी : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दैमा ब्याजदर नघट्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, 'निजी क्षेत्रलाई यो सुविधा दिऔँ, त्यो सुविधा दिऔँ, बैंकको ब्याजदर घटाइदिऔँ, बैंकमा पैसा थुप्रिएको छ त्यसलाई परिचालन गर्ने वातावरण बनाऔँ तर मैले भन्ने बित्तीकै त्यो भईहाल्ने स्थिती छैन । सबैको साथ र सबैको सहयोग जरुरत छ । यस्ता कार्य गर्न नयाँ वातावरण बन्दै गरेको मैले महसुस गरेको छु ।'
त्यसैगरी, सम्बोधनकै क्रममा उनले अर्थतन्त्रलाई लयमा फर्काउन र्याडिकल रिफर्म जरुरी रहेको बताए । उनले भने, 'रेभ्युलुसन त म भन्दिनँ तर अर्थतन्त्रलाई लयमा फर्काउन र्याडिकल रिफर्म जरुरी छ । र्याडिकल रिफर्म कसरी गर्ने भन्दाखेरी निजी क्षेत्र र सरकारी क्षेत्र एकैठाउँमा बसेर समिक्षा पनि गर्ने र अगाडीको लागि बाटो क्लियर पनि गर्ने र सिङ्गो देशलाई विश्वासमा लिएर राष्ट्र एकताको भावना पनि प्रदान गर्ने ।'
Shares