संकल्प यात्रामा–उदयपुर एमालेबाट ५ सय १ स्वयंसेवक परिचालन हुने

उदयपुर । नेकपा एमाले उदयपुर जिल्ला कमिटीले केन्द्रीय कमिटिले सुरु गरेको ‘झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को तयारीमा जुटेको छ । ‘सम्वन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भन्ने नारासहित एमाले केन्द्रीय कमिटिले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा अभियानको पुर्वतयारीका क्रममा उदयपुर एमालेले ५ सय १ जनास्वयंम सेवक परिचालन गर्ने भएको छ । जुटेको हो ।
मंसिर १९ गते सम्पन्न दशौं पूर्ण बैठकको निर्णय अनुसार गठन भएको विभिन्न समितिले आ आफ्नो काम सुरु गरेको छ । मंसिर २६ गते उदयपुरको कटारी नगरपालिका १४ स्थित घुर्मी बजारमा संकल्प यात्राको टोलीलाई उदयपुरले भब्य स्वागत गर्ने कार्यक्रम छ ।
कोशी प्रदेशमा उदयपुरबाट अध्यक्ष केपी ओली सहितको टोलीले पाईला टेक्ने हुनु भएकाले पनि उदयपुर जिल्लाले सर्वप्रथम स्वागत गर्ने र ओखलढुगाको हर्कपुरमा हुने जनसभामा उदयपुरबाट ब्यापक जनसमुदायको सहभागिता गराउने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक तथा जिल्ला सचिव कालुमान लामाले जानकारी दिनु भयो ।
एमाले उदयपुर अध्यक्ष ओलीको स्वागत गर्न ५ सय १ जनाको स्वयमसेवक टोली परिचालन गर्ने स्वयंसेवक परिचालन समितीले जनाएको छ । बिहीबार पार्टी कार्यालयमा समितिको बैठक बसेर संकल्प यात्रा टोलीको स्वागत र सुरक्षाको सम्पूर्ण कार्यहरु गर्ने निर्णय गरेको समितिका संयोजक विमल भण्डारीले जानकारी दिनु भयो । राष्ट्रिय युवा संघका बिमल भण्डारीको संयोजकत्वमा रिटर्नी फेडेरेसनका महेश पौडेल, खेलकुद महासंघका सागर नेपाल, भुपु सैनिक प्रहरीका देव बहादुर कटुवाल र अखिलका संयोजक सन्तोष काफ्लेको स्वयंसेवक परिचालन समितिले स्वागत समारोह र जनसभामा स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।
२६ गते हर्कपुरमा हुने जनसभामा उदयपुरबाट न्युनतम ३ हजारको संख्यामा सहभागी हुने निर्णय गरिएको छ । जिल्लाको बेलका नगरपालिकाबाट १ सय ५० जना, चौदण्डीबाट ३ सय जना, त्रियुगा नगरपालिकाबाट ७ सय ५० जना र रौतामाई गाउँपालिकाबाट ३ सय जना अनिवार्य सहभागी हुने छन ।
त्यसैगरी जिल्ला कमिटीेको बैठकले उदयपुरगढीबाट २ सय ५० जना, लिम्चुङबुङबाट १ सय ५० जना, ताप्लीबाट २ सय जना र कटारी नगरपालिकाबाट सबै भन्दा बढि ९ सय भन्दा बढि नेता तथा कार्यकर्ता सहभागी हुने प्रचार समितिका संयोजक लामाले जानकारी दिनु भयो ।
जिल्ला कमिटीको बैठकको निर्णयानुसार संकल्प यात्रालाई सफल बनाउनको लागी सबै पालिका कमिटीको बैठक बसेर वडा कमिटी सम्म तयारी बैठक बस्ने निर्णय भएको अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिनु भयो । अध्यक्ष घिमिरेका अनुसार बेलका, कटारी, चौदण्डीगढी, लिम्चुङबुङ लगाएत पालिकाको बैठक बुधबार र बिहीबार नै सम्पन्न भईसकेको छ भने बाँकीको आज शुक्रबार सम्पन्न हुने छ ।
Shares