सिद्धार्थ बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न, २०% लाभांश पारित

अर्थकागज
प्रकाशित: २८ असोज २०८३
Image description

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,७९,४४,७९,१९५/– (अक्षरेपी चौध अर्ब उनानअसी करोड चौवालीस लाख उनानअसी हजार एक सय पन्चानब्बे रुपैँया मात्र) को १० प्रतिशतका दरले हुने रु. १,४७,९४,४७,९२०/– (एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२०/– (एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) नगद लाभांश -बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी रु. ३,५०,००,००,०००/– (अक्षरेपी तीन अर्ब पचास करोड मात्र) को ८.२५ प्रतिशतका दरले हुने रकम रु. १०,७५,८९,०४१/– (अक्षरेपी दश करोड पचहत्तर लाख उनान्नब्बे हजार एकचालिस रुपैंया मात्र) नगद लाभांश -कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मिति देखि आषाढ मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर