साताको कारोबार भएको पहिलो दिन मै नेप्से ७९.८८ अंकले घट्यो
प्रकाशित:
०८ भदौ २०८१
काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्से परिसूचक ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो ।
अनुसार आइतबार ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ । यस दिन अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । माइक्रो फाइनान्सबाहेक सबै उपसूचक राताम्मे भएको हो । त्यसमा पनि बैंकिङ क्षेत्रको सेयर सबैभन्दा बढी ३.५० प्रतिशतले घटेको छ ।
सेयर बजारमा तीव्र गिरावटका बीच विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए ।
कारोबारको हिसाबले अपिपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने त्यसपछि हिमालन रिइन्स्योरेन्सको कारोबार भयो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares