नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: १५ चैत २०८२
Image description

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नेपाल सेरामिक इण्डष्ट्री लिमिटेड बिच नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न आईतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले ३०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे  क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी, नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका तर्फबाट अध्यक्ष शम्भु नाथ झाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

माछापुच्छ्रे  क्यापिटल लिमिटेड, माछापुच्छ्रे  बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी -मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे  क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर