आजदेखि छ्याङ्दी हाइड्रोको हकप्रद बिक्री खुला
प्रकाशित:
२३ जेठ २०८२
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज जेठ २३ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गरेको हो ।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। हकप्रदमा असार १२ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares