बझाङमा एमालेका दमन भण्डारी विजयी

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८१
Image description

काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् ।

कांग्रेसका अभिषेक सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।

०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो  ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर