लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश, उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान (फोटोफिचर)
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो । नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ ।
२३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा यस कम्पनीका संस्थापक संचालक अशोक कुमार अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई दोसल्ला ओडाई तथा टिका एवं माला पहिर्याई सम्मान गरेका थिए ।
प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्का, बीमालेखको आधारमा प्रथम हुनुहुने शारदा राई (काठमाडौं) एजेन्सी म्यानेजरको आधारमा प्रथम हुनुहुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares