नेपाल माइक्रो इन्स्योरेन्सको नाफामा ४३.९१ प्रतिशतको गिरावट

अर्थकागज
प्रकाशित: २९ साउन २०८२
Image description

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

समिक्षा अवधिमा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.९१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ मुनाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१०.३६ प्रतिशत र कुल आम्दानी १०३.१३ प्रतिशत बढेको छ भने कम्पनीको कुल दाबी ३७७.०१ प्रतिशत र कुल खर्च ११०.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेर २२ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात(पिई रेसियो) ७०५८ गुणा रहेको छ ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ती कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ५७ लाख रुपैयाँ र अन्य इक्विटी ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर