एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, आफूलाई पर्यो कि परेन ? यि लिंकबाट हेर्नुहोस् नतिजा

अर्थकागज
प्रकाशित: १० वैशाख २०८३
Image description

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज वैशाख ११ गते शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख ७१ हजार १८ जनाको आवेदन परेको थियो। जस मध्ये २७ लाख २७ हजार १ सय १७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ७८ हजार २० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

नतिजा

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Appollo Hydropower Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

प्रतिक्रियाहरू

Gopal Shahi

3 months ago

Ipo result

देव बहादुर

3 months ago

Ipo

Ghana shyam basnet

3 months ago

Share

Chhoki Sherpa

3 months ago

Share

BIR BAHADUR GURUNG

3 months ago

Share

सम्बन्धित खबर