ललितपुरको बागडोलमा ठगीको बिगबिगी, वडा अध्यक्ष खड्काको यस्तो आग्रह !
ललितपुर । ललितपुर मानगरपालिका वडा नम्वर ४ भित्रका बस्तीहरुमा ठगी गर्ने समूहको बिगबिगी बढ्न थालेको छ ।
ती समूहले बस्ती बस्तीमा कहिले फोहोर संकलनको नाममा त कहिले ग्यास चुलो मर्मतको नाममा ठगी गर्ने गरेको पाइएको छ ।
केही दिन यतादेखि वडा नम्वर ४ भित्रको बागडोल बस्तीमा आफूहरु वडाको कर्मचारी भएको भन्दै घरघरमा गई प्रति घर दुई हजार रुपैयाँको दरले उठाउन हिड्ने गरेको छन् ।
उनीहरुले दुई हजार दिनु पर्यो, वडाले तपाईलाई २ वटा फोहोर हाल्ने कुहिने र नकुहिने बाल्टिन दिनेछ । थप ६ सय दिएपछि बर्षभरी पैसा तिर्न नपर्ने भन्दै हातमा कापि र कलम लिएर घरघरमा हिडेको बागडोलको एक स्थानीयवासीले अर्थ कागजलाई बताए । ती व्यक्तिहरुलाई कसैले पैसा दिएका छन् भने कसैले अहिले पैसा छैन भोली आउनु भनेर पठाएको छन् ।
बस्ती बस्तीमा ठगी गर्ने समूहको बिगबिगी भएपछि वडा नम्वर ४ का वडा अध्यक्ष सन्तोष खड्काले एक सूचना जारी गरी टोलीवासीलाई ठगी गर्ने समूहप्रति सजग हुन आग्रह गरेको छन् ।
वस्तीमा त्यस्ता शंकास्पद व्यक्तिहरु तपाईहरुको घर आँगनमा आएको खण्डमा नजिकको प्रहरी कार्यालय, वडा कार्यालय र वडाका जनप्रतिनिधिलाई तुरुन्त खवर गरिदिनु हुन अध्यक्ष खड्काले सवै वडाबासीलाई आग्रह समेत गरेका छन् ।
Shares