एनआइसी एशिया बैंकले करिब ३१% लाभांश दिने, शुक्रबार घोषणा !

अर्थकागज
प्रकाशित: २७ भदौ २०८०
Image description

काठमाण्डौ । एनआइसी एशिया बैंकले  ३१ प्रतिशत लाभांश दिने भएको छ । 

बिहीबार (आज) बसेको संचालक समितिको बैठकले शुक्रबार पुन : बैंठकपछि शुक्रबारै लाभांश घोषणा गर्ने तयारी गरेको छ ।  

एनआइसी एशिया बैंकका अधिकांश सञ्चालकहरु २९ प्रतिशत बोनस सेयर र २ प्रतिशत  नगद लाभांश गरी कुल ३१ प्रतिशत लाभांश दिने सहमत देखिएको स्रोतले बताएको छ । 

पूँजीकोष अनुपात टाइट भएपछि थप व्यवसाय विस्तार गर्न नसकेको एनआइसी एशिया बैंकले विगत ३ आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न पाएको छैन । हिजोआज बैंक तथा वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । 

प्रतिक्रियाहरू

Shivram adhikari Adhikari shivram

2 years ago

दिने पर्ने त 50सम्म हो लगानी कर्ता को पनी आश लाग्दो बैंक यही हो

सम्बन्धित खबर