प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता
प्रकाशित:
२७ माघ २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अवहेलना मुद्धा दर्ता भएको छ । सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्धा दायर गरेका हुन् । अर्यालले टी स्टेट्ससम्बन्धीको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबीसहित ओलीविरुद्ध अवहेलनाको मुद्धा दायर गरेका हुन् ।
अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाउँदै मुद्धा दायर गरेका हुन् । यस सम्बन्धमा आगामी फागुन ४ गते पेसी तोकिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares