नेको इन्स्योरेन्सको नाफामा बृद्धि, अन्य सूचांक कस्तो ?
प्रकाशित:
३० साउन २०८०
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरको गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार ५५ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा कम्पनीले जम्मा ५४ करोड ४८ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ । त्यस्तै, खुद बीमा शुल्क आम्दानी एक अर्ब ६५ करोड ९७ लाख रुपैयाँ गरेको छ ।
अघिल्लो आवमा कम्पनीले एक अर्ब ७२ करोड बीमा शुल्क आम्दानी गरी जोखिम धारण गरेको थियो । समीक्षा अवधीमा कम्पनीको व्यवसाय सामान्य बृद्धि दुई दुई अर्ब ८५ करोडबाट बढेर दुई अर्ब ९२ करोड २४ लाख पुगेको छ ।
कम्पनीको बक्यौता दावी भक्तानी घटेर एक अर्ब ९३ करोडबाट एक अर्ब ४३ करोडमा झरेको छ । कम्पनीको व्यवस्थापन खर्च ४९ करोडबाट बढेर ५२ करोड पुगेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares