इप्पानको उपमहासचिवमा पोखरेल निर्विरोध चयन

अर्थकागज
प्रकाशित: २७ जेठ २०८३
Image description

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन समूहले खाता खोलेको छ । आगामी कार्यकालका लागि शुक्रबार हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष भ्लोनको प्यानलबाट उपमहासचिव निर्विरोध चयन भएको छ । उपमहासचिवमा भ्लोनको प्यानलबाट कविता पोखरेलको मात्रै उम्मेदवारी परेको छ । निर्वाचनमा भ्लोन र बलराम खतिवडा समूह निर्वाचनमा प्यानल बनाएर होमिएको छ ।

निर्वाचनमा खतिवडा समूहबाट उप महासचिवमा कसैको पनि आवेदन परेको छैन । यो सँगै उपमहासचिवमा भ्लोनको प्यानलबाट पोखरेल निर्विरोधन चयन भएकी छिन् ।

यद्यपी निर्वाचन समितिले भने औपचारिक रुपमा घोषणा गरेको छैन ।पोखरेल अहिले कार्यसमितिमा सचिव रहेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर