सन नेपाल लाइफको साधारणसभा सम्पन्न, बम्पर लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा आज अर्थात बुधवार, अमृतभोग केटरर्स प्राईभेट लिमिटेड कालिकास्थानमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (NFRS बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण पारित गरेको छ । त्यसै गरी सभाबाट आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २३.८० प्रतिशत बोनश शेयर र उक्त (वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशत नगद लाभांश पारित भएको छ । त्यसै गरी सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक स्नेहा शर्माको निर्वाचित भएका छिन् । त्यसै गरी सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाबाट बोनस सेयर वितरणपछि पनि नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव सभाबाट पारित गरिएको छ ।
कम्पनीका अध्यक्ष अनुज केयालले कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा solvency कायम रहेको, value oriented व्यवसायीक अभ्यास गरेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिवद्घ रहेको र company of choice बन्ने दिशामा कार्यरत रहेको जानकारी गराउदै आगामी दिनमा आर्थिक क्रियाकलाप संगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास प्रकट गर्नु भएको छ ।
Shares