एभरेष्ट बैंकको साधारणसभा आज, सेयरधनीलाई २०.५३% लाभांश

अर्थकागज
प्रकाशित: २९ असोज २०८०
Image description

काठमाडौं । एभरेष्ट बैंकको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार असोज ३० गते साधारण सभा बस्दैछ । 

साधारणसभा  लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

बैंकले १०% बोनस सेयर र कर प्रयोजनसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

साधारण सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरिसकेको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर