एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २९ जेठ २०८२
Image description

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाले पारित गरेको छ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकमा नूर प्रकाश प्रधानलाई अनुमोदन गरेको छ । सभामा १९ जना सेयरधनीहरुले बोलेका थिए । बोल्ने अधिकांश सेयधनीले कम्पनीको अध्यक्ष बिमल प्रसाद वाग्ले र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको खुलेर प्रसंशा गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर