पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समितिले गर्यो हिमालयन लाइफको कोशि प्रदेश कमिटि बिस्तार, अध्यक्षमा रमा पराजुली चयन
प्रकाशित:
२५ कात्तिक २०८२
काठमाडौं । पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समितिले हिमालयन लाइफको कोशि प्रदेश कमिटि बिस्तार गरेको छ । हिमालयन लाइफको कोशि प्रदेश कमिटिको अध्यक्षमा रमा पराजुली चयन भएका छन् । त्यसै गरी कमिटिमा उपाध्यक्षमा बद्रि बस्नेत, उपाध्यक्षम शारदा ढकाल, सचिवमा नवराज बिष्ट, सह–सचिवमा सुजु थापा, सह–सचिवमा दुर्गा र कुमारि पाठक, सह– सचिवमा सबिना राई, कोषाध्यक्षमा फुरमाया तामाङ गरी १२ जना सदस्य गरी कुल २१ सदस्यीय कमिटि भएको हो ।
संगठ्नले अभिकर्ताहरु माझ सकारात्मक उर्जा,उत्साह र प्रेरणा जगाउने उद्देश्यले संगठनको निर्णय अनुसार मिति २०८२ /०७/ १५ गते देखि “बिमा ब्यवसाय मा बृद्दि र बिमा पेशाप्रति चासोमा अभिबृद्दि“ भन्ने मुल नाराका साथ प्रदेश नं १ ,२ र ५ मा साता–ब्यापि रुपमा सम्बन्धित प्रदेशका अभिकर्ता साथिहरुसंग प्रेरणात्मक भेटघाट, पुनर्जागरण तथा संगठ्न बिस्तार कार्यलाई तिब्र रुपमा अघि बढाएको छ पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिले जनाएको छ ।
संगठनका सक्रिय अनि युवा अध्यक्ष रेशम गौतम, यस कार्यक्रमका संयोजक तथा उपाध्यक्ष अष्ट श्रेष्ठ, सदस्य आषिश लामा सहित पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रिय उपाध्यक्ष दामोदर गौतम र केन्द्रिय सचिव अ्म्बिका गौतमको अगुवाईमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । पेशागत बीमा अभिकर्ता संघले बीमा क्षेत्रमा अब्बलरुपमा बीमितको समस्यालाई बुलन्द रुपमा उठाउँदै आइरहेको छ । 
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares