घर बनाउन अब ज्योति विकास बैंकले दिन्छ, सस्तो ब्याजमा ३ करोडसम्म ऋण

अर्थकागज
प्रकाशित: २८ वैशाख २०८३
Image description

काठमाडौं । के तपाई घर बनाउने सोचमा हुनुहुन्छ ? सस्तो ब्याजदरमा आकर्षक कर्जाको खोजीमा हुनुहुन्छ ? यसो हो भने अब तपाईको उपयुक्त विकल्प बन्न सक्छ, ज्योति विकास बैंक ।

ज्योति विकास बैंकले आकर्षक दरमा घर कर्जा योजना ल्याएको छ । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकका लागि बैंकले सुलभ ब्याजदरमा आकर्षक 'ज्योति घर कर्जा' योजना ल्याएको हो ।

बैंकले स्थिर -फिक्स) ८.४९% ब्याजदरमै घर कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । यो ब्याजदर ७ वर्षसम्म स्थिर रहने छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ३ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने, बैंकले कर्जामा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

'आफ्नो घर, अब छैन टाढा' भन्ने नारासहित ल्याएको यो योजना सीमित अवधिका लागि लागू गरिएको बैंकले जनाएको छ । पछिल्लो समय घर तथा आवास क्षेत्रमा बढ्दो आकर्षणलाई लक्षित गर्दै बैंकले सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको हो ।

घर निर्माण, अपार्टमेन्ट खरिद वा आवासीय प्रयोजनका अन्य प्रयोजनका लागि समेत यो कर्जा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहक लक्षित बैंक

नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको ज्योति विकास बैंक सेवाग्राही लक्षित योजना तथा बैंकिङ सेवामा निकै अब्बल रहेको छ ।

९ साउन, २०६५ बाट औपचारिक बैंकिङ कारोबार सुरु गरेको यस बैंकको हाल देशभर एक सयभन्दा बढी शाखा कार्यालय, एक्टेन्सन काउन्टर तथा एटीएम सेवा सञ्जालमा रहेका छन् ।

सुरुवातमा जलविद्युत र पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको बैंकले हाल सर्वसाधारण, व्यवसायी तथा संस्थागत ग्राहकलाई विभिन्न बैंकिङ सेवा दिँदै आएको छ ।

साधारण बचत खाता, मुद्दती खातामार्फत सर्वसाधारण बचतकर्ताको बचत निक्षेपको रुपमा संकलन गर्नेदेखि बैंकले आकर्षक ब्याजदरमा घर कर्जा, व्यक्तिगत कर्जा, शिक्षा कर्जा, एसएमई कर्जा लगायत सुलभ कर्जा प्रदान गर्दै आएको छ ।

डिजिटल बैंकिङको बढ्दो प्रयोगमा बैंकले आफूलाई थप विकास र विस्तार गर्दै मोबाइल बैंकिङ, भिडियो बैंकिङ तथा डिजिटल बैंकिङ सुविधासँगै अनलाइन सेवा प्रवाह गरिरहेको छ ।

त्यसो त बैंकले पछिल्लो पटक भिडियो बैंकिङ सेवा समेत सुरु गरेको छ, जसबाट ग्राहकले अनलाइनमार्फत बैंक खाता खोल्न र भिडियो केवाईसी विवरण अपडेट गर्न सक्छन् । विदेशमा रहेका नेपालीले समेत अनलाइनबाट खाता सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

पुँजीबजार नेपाल स्टक एक्सचेञ्ज -नेप्से)मा सूचिकृत ज्योति विकास बैंक आज लगानीकर्ताहरूको आकर्षक कम्पनीमध्येको एक हो भने, बैंकको चुक्ता पुँजी करिब ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

२०८२ चैत मसान्तसम्म बैंकले सेवाग्राहीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै ५० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर