विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति संघद्वारा आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक

अर्थकागज
प्रकाशित: ३१ भदौ २०८३
Image description

काठमाडौं । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । आँखा स्वास्थ्यप्रति बालबालिका तथा आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संघले आफ्नो फेसबुक तथा युट्युव मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।

नेपाल नेत्रज्योति संघले आफ्नो विकास साझेदार संस्था आई केयर फाउन्डेशन द नेदरल्यान्डससँगको सहकार्यमा उक्त जनचेतनामूलक भिडियो निर्माण गरेको हो । आई केयर फाउन्डेशनद्वारा तयार गरिएको 'Winsky' नामक बाल कथामा आधारित रहेर भिडियोको एनिमेटेड सामग्री तयार गरिएको हो ।

बालमैत्री कथा, आकर्षक एनिमेसन तथा सरल प्रस्तुतिमार्फत भिडियोमा आँखाको महत्व, आँखा स्वास्थ्यको हेरचाह तथा नियमित रूपमा आँखा जाँच गराउनुको आवश्यकताबारे जानकारी दिइएको छ । बालबालिकालाई आफ्ना आँखाबारे जान्न, आँखाको स्वास्थ्यप्रति सचेत रहन तथा दृष्टि समस्याको समयमै पहिचानका लागि नियमित आँखा परीक्षण गर्न भिडियोमार्फत प्रोत्साहित गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर