‘क्याम्पा कोला’ अब नेपालमै उत्पादन

अर्थकागज
प्रकाशित: ३० असार २०८२
Image description

काठमाडौं । भारतको ठूलो औद्योगिक घराना रिलायन्स इन्डस्ट्रिजले नेपालको औद्योगिक घराना चौधरी समूह (सीजी) सँगको सहकार्यमा पुरानो भारतीय कोल्ड ड्रिंक्स ब्रान्ड ‘क्याम्पा कोला’ नेपालको बजारमा ल्याएको छ ।

क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी उद्योगअन्तर्गत पर्ने रिलायन्स कन्जुमर प्रोडक्ट्स लिमिटेड ९आरसीपीएल० द्वारा उत्पादित ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक्स ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आईपीएलजस्ता इभेन्टहरू स्पोन्सर गर्दै आएको छ ।

चौधरी ग्रूपअन्तर्गतको सीजी रिलायन्स बेभरेज प्रालिले सोमवार औपचारिक कार्यक्रम गरेर उक्त ब्रान्डका विभिन्न स्वाद ९फ्लेवर०का कोल्ड ड्रिंक्स सार्वजनिक गरेको हो । आरसीपीएलले सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरीद गरेको थियो । सन् २०२३ मा उक्त कम्पनीले यसको व्यावसायिक उत्पादन पुनः शुरू गरेर २ वर्षमा नेपालमा पनि आफ्नो ब्रान्ड विस्तार गरेको छ ।

रिलायन्सले भारतीय विरासत बोकेको हेरिटेज ब्रान्डलाई फेरि एकपटक लोकप्रिय कोल्ड ड्रिंक्स ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले बताए । ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो,’ मोदीले भने । ‘जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिएको छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौं ।’

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रूपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले बताएको छ । चौधरी समूहजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा अत्यन्त उत्साहित रहेको पनि उनले कार्यक्रममा बताए । क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी० मुलुकहरूमा स्थापित भइसकेको ब्रान्ड रहेको उनको दाबी छ ।

नेपालमा पनि चौधरी समूहले यसको स्थानीय उत्पादन र वितरण गर्ने चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । क्याम्पा पोर्टफोलियोअन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्टर‚ क्याम्पा इनर्जी बेरी किक सार्वजनिक गरिएको छ । चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी समूह र समग्र देशका लागि गौरवको विषय रहेको उनले बताए ।

यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिने उनको भनाइ छ । ‘हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं,’ चौधरीले भने । २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक ९सीएसडी० बोतल ९क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज०को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ । क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर