भरुवा बन्दुक सहित एक पक्राउ
प्रकाशित:
०९ असोज २०८०
उदयपुर । त्रियुगा नगरपालिका ५ कुसुमटारबाट प्रहरीले सोमबार साँझ भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जलजले उदयपुरको गस्तीमा रहेको प्रहरी टोलीले त्रिनपा ५ कुसुमटारबाट ३१ वर्षिय अमृत तामाङलाई भरुवा बन्दुक सहित पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार गोप्य सूचनाका आधारमा खोजतलास गर्दा गस्तीमा रहेको प्रहरीटोलीले अमृतले घर नजिकैको जङलमा लुकाई छिपाई राखेको अवस्थामा सो बन्दुक फेला पाएिको हो । अमृतलाई बन्दुक सहित जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ तथा अनुसन्धान गरी जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको सूचना अधिकारी चौधरीले जनाएका छन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares