यो आर्थिक वर्षमा लाभांश बढ्नेछ : शिक्षा भट्टचन- अध्यक्ष, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्ष शिक्षा भट्टचनले आर्थिक वर्ष २०८१/८२ मा लाभांश बढ्ने बताएकी छिन् । जेठ २७ गते सम्पन्न कम्पनीको ८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएकी हुन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण दिएको थियो ।
सभामा बोल्ने अधिकाश सेयरधनीले डबल डिजिटमा लाभांश दिन आग्रह गरेका थिए । सेयरधनीको आग्रहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष शिक्षा भट्टचनले गत आर्थिक वर्षमा तुलनमा यो आर्थिक वर्षमा लाभांश बढ्ने बताएका हुन् । अध्यक्ष शिक्षा भट्टचनको भनाइलाई अनुमान गर्दा यो आर्थिक वर्षमा कम्पनीले १० प्रतिशत लाभांश दिनेछ । अध्यक्ष शिक्षा भट्टचनले सवै सेयरधनीलाई कम्पनीको बीमा गरी कम्पनीलाई सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् । त्यसै गरी कम्पनीको ९ औं बार्षिक साधारणसभापनि समयमै हुने समेत बताएकी छिन् । सभामा सभा ढिला भयो भन्दै सेयरधनीले पुष मसान्तभित्रै गर्न आग्रह गरेका थिए ।
Shares