आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
प्रकाशित:
२३ माघ २०८१
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको ९.७३ प्रतिशतका दरले २९ करोड ४९ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई २७औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares