रिलायबल लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १३ माघ २०८०
Image description

रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ माघ १५ गते बुकक्लोज गर्ने निणय गरेको थियो त्यसैले आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको सातौ वार्षिक साधारण सभा माघ २९ गते, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

प्रतिक्रियाहरू

Suku maya Tamang

2 years ago

खासमा यो निर्णाय के को लागि हो

सम्बन्धित खबर