फरार प्रतिवादी सहित ८ जना पक्राउ

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ४ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको फरार प्रतिवादीहरुमा लागु औषध, हातहतियार तथा ज्यान मार्ने उद्योग र वन मुद्दाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बेलका नगरपालिका ९ बस्ने ठुले भन्ने रुपेश नेपालीलाई हातहतियार थता ज्यान मार्ने उद्योगको मुघामा जिल्ला अदालत उदयपुरले मिति २०७७ माघ २२ गतेको फैसलाले ५ महिना २ दिन कैद र ६ हजार जरिवाना तोकेकोमा उनी फरार भएका थिए ।

जिल्ला प्रहर िकार्यालय उदयपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोशन थापाका अनुसार नेपालीलाई बिहीबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको गस्तीमा रहेको प्रहरीको टोलीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी इप्रका रामपुर ठोक्सिलामा ल्याएर आवश्यक सोधपुछ तथा अनुसन्धान पश्चात फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

यसैगरी मंगलबार वन मुद्दाका फरार प्रतिवादी त्रियुगा नगरपालिका १२ बस्ने ३१ वर्षिय भोज कुमार बोटेलाई पक्राउ गरेको छ । बोटेलाई जिल्ला अदालत उदयपुरको २०७८ पुष ६ गतेको फैसलाले १८ हजार १३० रुपैया जरिवाना तोकेकोमा फरार रहेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको निमित्त सूचना अधिकारी रोशन थापाले बताए ।

मंगलबार नै प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादी त्रियुगा नगरपालिका १३ का २३ वर्षिय रोनिश ठटाललाई पनि पक्राउ गरेको छ ।

ठटाललाई जिला अदालत उदयपुरले २०७४ चेत्र १८ गतेको फैसलाले लागु औषध मुद्दामा २ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोही मुद्दामा २ हजार नै जरिवाना तोकिएका अर्का फरार प्रतिवादी रोनिस राईलाई पनि पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा बुझाएको प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी थापाले बताए ।

त्यसै गरी उदयपुर प्रहरीले बिहीबार त्रियुगा नगरपालिलका १० बस्ने २९ वर्षिय गणेश भुजेललाई पनि लागु औषध मुद्दामा पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

भुजेललाई जिल्ला अदालत उदयपुरको मिति २०७५ असार १४ गतेको फैसलाले २ हजार जरिवाना तोकेको थियो । तर भुजेल फरार रहेकोले प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत लुकीछिपी बसेको अवस्थामा आफ्नै घरमा फेला पारी फैसलाा कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको निमित्त सूचना अधिकारी थापाले बताए ।

यसै गरी बुधबार चौदण्डीगढी नगरपालिका १०बाट प्रहरीले थप चारजनालाई पक्राउ गरेको छ । चौदण्डीगढी १० स्थित खैराझोडामा सार्वजनिक सडकमा ढुङ्गा राखि सडक अवरुद्ध गर्ने, धारिलो हतियार देखाउने र हातपात तथा अभद्र व्यवहार गर्ने खोजेको कसुरमा चौदण्डीगढी १० हडियाका २० वर्षिय नारद बिक, सोही ठाउँबस्ने वर्ष १९ का अर्जुन पण्डितलाई तत्कालै र खोजतलास पश्चात सोही ठाउँका १९ वर्षिय सेफकान्त चौधरी र भोटे भन्ने सन्तोष दनुवारलाई धारिलो हतियार छुरी सहित पक्राउ गरी हावश्यक अनुसन्धान भैरहेको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर