चिरख्वा हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

अर्थकागज
प्रकाशित: १० जेठ २०८३
Image description


काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट 
बैंकिङ्ग  नियुक्त गरेको छ । कम्पनीले रु.१००/– अंकित दरका ४०,००,००० कित्ता शेयरले हुन आउने रकम रु.४०,००,००,०००/– -अक्षरेपी चालिस करोड रुपैंया मात्र) को १ः१ बराबरको अर्थात रु.१००/– दरका ४०,००,००० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि सम्झौता–पत्रमा चिरख्वा हाइड्रो पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष दीपक राई र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरविवि मर्चेन्ट बैंकिङ्ग  लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर