बीमा प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको छ। प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना, उपनिर्देशकमा ३ जना र उपनिर्देशक (कानून)मा २ जनाको बढुवा गर्ने र आन्तरिक प्रतियोगिताद्वारा उपनिर्देशक पदमा १ जनाको बढुवा गर्ने जनाएको छ। त्यसैगरी खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी १४ जनाको लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सहायक निर्दशकमा ५ जना, सहायक निर्देशक (कानून) मा ५ जना र सहायक प्रथममा ४ जनाका लागि आवेदन खुलाएको हो। यसमा योग्य तथा इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाई दरखास्त प्रणालीबाट दिनु पर्नेछ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares