तीन दिन वर्षा र हिमपातको सम्भावना

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८१
Image description

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेश प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागलगायत बाँकी तराईका भू–भाग तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशीका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी भोलि शनिबार कोशीका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा हुने विभागले जनाएको छ । आइतबार भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर