आइएमई लाइफले २१.०५२६४ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ०३ फागुन २०८१
Image description

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले फागुन २५ गते दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको २१।०५२६४ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च स्वीकृत गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी हुन पाउनेछन् ।


प्रतिक्रियाहरू

MANISH NAYAK

1 year ago

Good

सम्बन्धित खबर