माण्डु हाइड्रोपावरको २२ मेगावाट क्षमताको आयोजना पुनः सञ्चालनमा
प्रकाशित:
१२ भदौ २०८२
काठमाडौं । अविरल वर्षाका कारण बागमती खोला आसपास आएको बाढीले क्षति पुर्याएको माण्डु हाइड्रोपावरद्धारा संचालित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ।
गत २०८१ असोज ११ गतेदेखि परेको लगातार वर्षाले आयोजनाको प्लान्टमा ठूलो क्षति पु¥याएको थियो। यस कारण आयोजना पूर्णरूपमा अवरुद्ध भई लामो समयसम्म विद्युत उत्पादन बन्द भएको थियो।
पुनःनिर्माण तथा मर्मतसम्भार सम्पन्न गर्दै कम्पनीले दुईवटा युनिटमध्ये एक युनिट २०८२ साउन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो। अर्को युनिटसमेत २०८२ भदौ १२ गतेदेखि उत्पादनमा आएपछि आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ।
हाल आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमार्फत जोडिएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares