सन नेपाल लाइफको साधारणसभा आज, बम्पर लाभांशसहित हकप्रदको प्रस्ताव पारित हुने
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ वैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको थियो त्यसैले वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
Krishna bahadur shrestha
2 years ago
Right thanku
Shares