ओली नेतृत्वमा कांग्रेस-एमालेको संयुक्त सरकार बन्ने, अर्थमा एमाले पक्का
प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सरकार संचालनका लागि गठबन्धन हुने भएको छ । दुई दलका नेताहरुबिच पहिलो चरकमा एमाले अध्यक्ष ओली दुई वर्ष प्रधानमन्त्री र बाँकी अवधिका लागि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
प्रारम्भिक खाका अनुसार एमालेले प्रधानमन्त्री तथा अर्थमन्त्री सहितका ९ मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहसहित १० मन्त्रालयको नेतृत्व गर्नेछ । त्यस्तै प्रदेश सरकारहरुमा पनि ३-३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।
संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।
Shares