आईतबार ट्रेड टावरको आईपीओ बाँडफाँड

अर्थकागज
प्रकाशित: २८ जेठ २०८२
Image description

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी साताको पहिलो दिन बाँडफाँड गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आगामी असार १ गते आइतबार बिहान बाँडफाँड गर्ने तयारी भैरहेको हो ।

कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता सेयर निष्काशन गरेका थियो । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत सेयर आईपीओको रुपमा निष्काशन गरेको हो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर