प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दासले डबल जिडिट भन्दा धेरै लाभांश दिने घोषणा गरेपछि संचालकको १३३.३% भत्ता बृद्धिको प्रस्ताव सभाबाट पारित
काठमाडौं । प्राइम कमर्सियल बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा सेयरधनीलाई राम्रो भन्दा राम्रा लाभांश दिने बचन प्रतिवद्धता गरेसँगै सेयरधनीले संचालक समितिको भत्ता बृद्धिको प्रस्ताव पारित गरेका छन् । आर्मी अपिसर्स क्लब, भद्रकाली काठमाडौंमा बुधबार सम्पन्न १७ औं बार्षिक सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने -'आर्थिक वर्षमा २०८१/८२ मा सेयरधनीलाई राम्रो भन्दा राम्रो लाभांश दिने मेरो बचन भयो । बैंकको पहिलो त्रैमासमा इपिएस ७ रुपैयाँ भएकाले त्रैमाससम्मको अन्त्यसम्म बैंकको इपिएस २५ रुपैयाँ हुनेछ । बैंकले सेयरधनीलाई राम्रो लाभांश दिनेछौं ।'
सभामा बोल्ने अधिकांश सेयरधनीले सभाबाट संचालक समितिको बैठक भत्ता बृद्धिको प्रस्ताव पास गर्ने भए डबल डिजिटमा लाभांश दिने बचन प्रतिवद्धता गर्न अध्यक्षलाई आग्रह गरेका थिए । सोही अनुरुप अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१ /८२ मा १२ देखि २० प्रतिशत लाभांश दिने संकेतिक भाषामा सेयरधनीलाई सम्बोधन गरेका थिए । सेयरधनीले लाभांश नगद र बोनसमा ५० प्रतिशतको दरमा हुनु पन माग रहेको छ ।
बैंकका अध्यक्ष श्रेष्ठले सेयरधनीलाई राम्रो लाभांश दिने बचन प्रतिवद्धता गरेर भत्ताको प्रस्ताव पारित गरेपनि सेयरधनीले विश्वास भने गरेका छैनन् । श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को बार्षिक साधारणसभामा सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत बोनस दिने बताएका थिए । तर, बैंकले आर्थिक वर्ष २०८०/८१ म ५ प्रतिशत नगद लाभांश दिएको थियो । आफ्नो स्वार्थ पुरा गर्न झुटा कुरा सिपाली श्रेष्ठको यो आर्थिक वर्षको साधारणसभामा बोलेको कुरा आउने आर्थिक वर्षमा पुरा हुन्छ कि हुदैन हेर्न बाँकी रहेको सेयरधनी श्रेष्ठ गुणराज भट्टले सुनाए ।
साधारणसभामा बोल्ने अधिकांश सेयरधनीले हामी सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने अनि भत्ता बृद्धि चाही १३३.३ प्रतिशत बढाउन नपाइने भन्दै सभाहलमा विरोध गरका थिए । सभाले हाल संचालक समितिमा उपस्थिति भए बापत अध्यक्ष र अन्य उपस्थित संचालकले बैठक भत्ता स्वरुप प्रति बैठक भत्ता १५ हजारबाट अहिले बढाएर अध्यक्षलाई प्रति बैठक भत्ता ३५ हजार र अन्य संचाकल समितिका सदस्यलाई प्रति बैठक भत्ता ३० हजार बढाउने प्रस्ताव पारित गरेको थियो । यो भनेको अध्यक्षको बैठक भत्ता १३३.३ प्रतिशत र संचालकहरुलाई १०० प्रतिशतले बृद्धि हो । त्यसै गरी यस अघि संचालकहरुले मासिक १५ हजार लिदैं आएको पत्रपत्रिकाको खर्च बढाएर मासिक ३० हजार पुगेको छ ।
Shares