ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
१८ कात्तिक २०८०
काठमाडौं । ग्लोबल आईएमई बैंकले २०७९/८० संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ । आज अर्थात मंसिर १९ गते बसेको सांलक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares