अपि पावरको सेयर किन्ने अवसर, असोज १७ गतेदेखि बोलपत्रबाट सेयर बिक्री गर्दै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले असोज १७ गतेदेखि बोलपत्रबाट सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि १ः०.४० को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा देहाय बमोजिमको सेयरको लागि आवेदन नपरेकाले पुन बोलपत्रद्वारा आवेदन खुला गर्न लागिएको हो । यस कम्पनीको हकप्रद सेयरमा व्यक्ति सेयरधनी र संस्थागत सेयरधनी दुवैले असोज २४ गतेसम्म प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन्र । कम्पनीले ११ लाख ५८ हजार ५३४ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।
आवेदन कहाँबाट दिने ?
यस कम्पनीले निश्कासन गरेको सेयरमा इच्छुक सवै व्यक्ति गत र संस्थागत लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायण चौर नक्कसाल काठमाडौं, मुक्तिनाथ विकास बैंकका सवै लिमिटेडका शाहा कार्यालयहरु ठिमी भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा-पोखरा, बाँगलुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नुहुनेछ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares