शिवश्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भदौ १९ गतेदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: ३२ साउन २०८२
Image description

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएकोछ । कम्पनीले भदौ १९ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपियाँबराबरको प्रतिशेयर १०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो । सेयरधनीले असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद प्रयोजनार्थ साउन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । त्यसैले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदबाट संकलित रकम कम्पनीले विद्युत् उत्पादन गरिरहेका आयोजनाहरुको बैंक तथा वित्ती संस्थाको बक्यौता ऋण तिर्न प्रयोग गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर