नेपाल एसबिआई बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्ट धुलिखेल र होटेल क्रिस्टल पशुपतिमा विशेष छुट
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ ५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक (सेल्स एण्ड मार्केटिङ), सितु श्रेष्ठ बीच आदानप्रदान भएको थियो ।
साथै नेपाल एसबिआई बैंक र होटेल क्रिस्टल पशुपति, काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० ५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक (सेल्स एण्ड मार्केटिङ), रोशन सुवाल बीच आदानप्रदान भएको थियो ।
उक्त सम्झौताहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्दि«य कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
Shares