यि हुन् नबिल बैंकका ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?
काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिवेदन अनुसार संस्था/कम्पनीको सेयर स्वामित्व विवरणमा सर्वसाधारण शेयरधनीको कुल स्वामित्व ४१.५६ प्रतिशत रहेको छ । बाँकी भाग विभिन्न स्वदेशी तथा विदेशी संघ–संस्था र व्यक्तिगत लगानीकर्ताहरूको सेयर स्वमित्व रहेको छ । बार्षिक प्रतिवेदन अनुसार अनुसार एनबी -इन्टरनेशनल) लिमिटेड, आयरल्याण्डको सबैभन्दा ठूलो सेयर हिस्सा रहेको छ। यस विदेशी संस्थाको स्वामित्व ३९.४४ प्रतिशत रहेको छ। त्यस्तै, आईएफआईसी बैंक पी.एल.सी., बङ्गलादेशको ७.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नेपालको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ७.६३ प्रतिशत शेयर रहेको छ। अन्य संस्थागत लगानीकर्ताहरूमा मुथूट फाइनान्स लि., भारतको ०.४४ प्रतिशत, नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्से) को ०.२६ प्रतिशत र एम.ए.डब्ल्यु इन्टरप्राइजेज प्राइभेट लि. को ०.२२ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ। बाँकी २.६८ प्रतिशत हिस्सा अन्य लगानीकर्ताहरूको रहेको छ।
०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने प्रमुख साधारण शेयरधनीहरू
बैंकको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर -स्वामित्व) रहेका प्रमुख साधारण शेयरधनीहरू तथा संस्थाहरू यस प्रकार छन् ।
- एनबी -इन्टरनेशनल) लिमिटेड, आयरल्याण्डः ३९.४४ प्रतिशत
- आईएफआईसी बैंक पी.एल.सी., बङ्गलादेशः ७.७७ प्रतिशत
- राष्ट्रिय बीमा कम्पनी लि.: ७.६३ प्रतिशत
- निर्वाण कुमार चौधरीः ०.७० प्रतिशत
- वरुण चौधरीः ०.६७ प्रतिशत
यस विवरणले कम्पनीमा वैदेशिक लगानीकर्ताहरूको बलियो उपस्थिति हुनुका साथै चौधरी ग्रुप सम्बद्ध व्यक्तिहरूको पनि व्यक्तिगत रूपमा मुख्य शेयर स्वामित्व रहेको छ ।
Shares