सानिमा रिलायन्स लाईफमा सिद्धार्थ बैंकको सवै भन्दा धेरै सेयर, यि हुन १० ठूला सेयरधनी !
काठमाण्ठौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडमा १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या १० रहेको छ ।
कम्पनीले आगामी माघ ११ गते आयोजना गर्न लागेको वार्षिक साधारण सभामा पेश गर्न लागेको आव २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या १० रहेको छ ।
प्रतिवेदन अनुसार कम्पनीमा सबैभन्दा धेरै सिद्धार्थ बैंक लिमिटेड र अग्नि होल्डिङ प्राईभेट लिमिटेडको सेयर स्वामित्व रहेको छ । कम्पनीमा सिद्धार्थ बैंकको १२.५७ प्रतिशत र अग्नि होल्डिङकोे ४.७६ प्रतिशत सेयर स्वामित्व छ ।
त्यस्तै कम्पनीमा सविता केडियाको २.३१ प्रतिशत, मनोज कुमार केडियाको १.९० प्रतिशत, पवन कुमार अग्रवालको १.९० प्रतिशत, देवराज भण्डारीको १.९० प्रतिशत, भरत कुमार टोडीको १.४३ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको १.४३ प्रतिशत, ऋषि अग्रवालको १.३१ प्रतिशत र राहुल अग्रवालको १.१९ प्रतिशत सेयर रहेको छ । कम्पनीले माघ ११ गते आम्रपाली बैंक्वेट, भाटभटेनी नक्साल काठमाडौंमा बोलाएको छ । सेयरधनीलाई भने लाभांश दिएको छैन ।
१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares